काठमाडौँ, २० कार्तिक । आज सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंककाे गिरावट आएको छ । तिहार बिदापछि पहिलोपटक खुलेको बजारमा तीव्र उतारचढावबिच ०.२१ अंकले घटेको हो । योसँगै मंगलबार सेयर बजार २६७७.४० अंकमा झरेको छ । यो दिन बजारमा ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार बजार २६९७ अंकसम्म पुगेको थियो…