सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार

काठमाडौँ, १२ असार । सर्पदंश उपचार केन्द्र स्थापना गर्ने भनी पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा स्थापित प्रतिष्ठानमा भ्रष्टाचार गरेको अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्रीसहित ५ जना दोषी ठहर भएका छन् । सरकारी लगानीमा खोलिएको प्रतिष्ठानमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले मधेस प्रदेशका तत्कालीन मन्त्री विजय कुमार तथा प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी…