काठमाडौँ, १९ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५३ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।