काठमाडौँ, १६ जेठ । सरकारले बजेटका पाँच रूपान्तरणकारी क्षेत्रमध्ये उद्यमशीलता र औद्योगिक विकासलाई पनि समावेश गरेको छ । मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा युवा पुस्ताले अपेक्षा गरेअनुरूप कौशलयुक्त ज्ञान, सीप, नवप्रवर्तन र उद्यमशीलता बढाउने उल्लेख गरिएको छ । नवउद्यमी वा स्टार्टअपका लागि घोषणा गरिएका कार्यक्रमहरू सकारात्मक र हालै जारी गरिएको राष्ट्रिय स्टार्टअप उद्यम नीति–०८० सँग…