काठमाडौँ, १३ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा…