विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ : मन्त्री महत

काठमाडौँ, २५ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वैशाखमा आयोजना हुने सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका हुन् । यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा.महतले बताए । ‘कर्मकाण्डीरुपमा लागेर मात्रै…