सुन तस्करको सञ्जाल माओवादीका नेता र कार्यकर्ताको वरिपरी

काठमाडौँ, २० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र ९ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ। गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको ६० किलो तस्करीको सुन सिनामंगलबाट बरामद भएको थियो। त्यस्तै गत पुसमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको ९ किलो सुन भन्सारबाटै हराएको…