विद्युत् शुल्क नतिरेपछि पोखरामा काटियो मन्त्रालयसहित १२ सरकारी कार्यालयको लाइन

पोखरा, १९ कार्तिक । समयमा महसुल नबुझाएपछि विद्युत् प्राधिकरणले गण्डकी प्रदेशका मन्त्रालय सहित १२ सरकारी कार्यालयको लाइन काटिदिएको छ । लामो समयसम्म विद्युत् महसुल नबुझाएको भन्दै प्राधिकरणको पोखरा वितरण केन्द्रले लाइन काटिदिएको हो । ६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने अभियान चलाइएको केन्द्रले जनाएको छ । भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण…