काठमाडौँ, ६ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब यसले उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको शपथ ग्रहण कार्यक्रम एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका हुन्। 'पूर्वाधार…