सेयर बजार आज पनि घट्यो

काठमाडौँ, २४ जेठ । सेयर बजार परिसूचक नेप्सेमा आज पनि घटेको छ । मंगलबार नेप्से ४५.५९ अंकले गिरावट हुँदा २०२०.२३ अंकमा बन्द भएको छ । बजेट पछिको सात कारोबार दिनमा नेप्से २०३.५५ अंकले घटेको हो । जेठ १३ गतेयता कारोबार भएको हरेक दिन नेप्सेमा गिरावट भइरहेको छ । पछिल्लो ८ दिनमा मात्रै नेप्से २१९.३७ अंकले…