काठमाडौँ, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा केही दबाव र चुनौती रहेको तर संकटमा छ भन्न नमिल्ने बताए । ‘अर्थतन्त्रमा प्रायः सूचकहरु सकारात्मक छन् भने कहाँ छ संकट, अर्थविद्, व्यवसायी र…