आजदेखि बैंकमा ५ प्रकारका सेवा मात्रै प्रवाह हुने

काठमाडौँ, ३१ बैशाख । आजदेखि बैंकमा विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । सङ्घले सरकारले अत्यावश्यक सेवाबाहेक घरबाट…