काठमाडौँ, २५ जेठ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…