काठमाडौं, २३ मंसिर । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुन ५ सयले बढेर छापावाला सुन प्रतितोला ५९ हजार रुपैंयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीमा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।