आज सुन तथा चाँदीको मूल्य

कार्तिक २५, काठमाडौं । आज आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ । सुनको मूल्य एक हजारले घटेर प्रतितोला ५९ हजार रुपैंयाँमा कारोबार भईरहेको छ भने  तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ । त्यस्तै,  चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।