काठमाडौँ, २३ चैत । नेपालमा कोरोना संक्रमणका कारण कुन स्तरमा आर्थिक क्षति हुन्छ भन्ने आँकलन अझै हुन सकेन । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई राहत दिन बैंक कर्जाको पुनरतालिकीकरण र पुनर्संरचनाको सुविधा दिने भने पनि सरकारले क्षतिको आँकलन गर्न नसक्दा उक्त व्यवस्था कार्यान्वयमा आउन सकेको छैन । ‘अर्थ मन्त्रालयमा राजस्व सचिवज्यूको संयोजकत्वको समितिले सबै अध्ययन गर्ने…