सेयर बजार ८.९७ अंकले बढ्यो

काठमाडौँ, २९ माघ । आज सेयर बजार ८.९७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन नेप्से परिसूचक २६७१.०७ विन्दुमा बन्द भएको छ । आज ३३७ कम्पनीको कारोबार भयो । १३९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो । यसैगरी ६ कम्पनीको मूल्य स्थिर रह्यो । दुई करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ…