असोज २६, काठमाडौँ । सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाउँदै सुन तथा चाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ…