बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ८ असोज । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सयले बढेर छापावाला सुन आज प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…