काठमाडौँ, १ भदौ । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…