काठमाडौं, ३ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले अबको तीन वर्षपछि नेपालले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने बताए । उपाध्यक्ष श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसङ्घका विभिन्न संस्थाको संयुक्त कार्यकारी समितिको प्रतिनिधिमण्डलसँग आज आयोगको सचिवालयमा भएको शिष्टाचार भेटमा उक्त कुरा बताएका हुन् । विगत एक दशकभन्दा धेरै समय नेपालको आर्थिक वृद्धिदर चार…