नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् । ‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले संवाददाहरुसँग भने । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको…