जनकपुरमा एम्बुलेन्सलाई बिरामी बोक्न होइन, यात्रु बोक्न पठाइन्छ

जनकपुर अञ्चल अस्पतालको छेउमै छ बाह्रबिघा मैदान। त्यहीँ दर्जनभन्दा बढी एम्बुलेन्स बिरामी कुरेर बसिरहेका छन्। ज१च १११६ नम्बरको एम्बुलेन्स त्यहीँ भेटियो। विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित रहेछ यो । दुहबीको एम्बुलेन्स जनकपुरमा कसरी चल्यो ? हामीले चालक मणिशंकर साहसँग सोध्यौँ। ‘संस्थाबाटै मैले सम्झौतामा लिएको हुँ,’ उनले भने, ‘एकपटक दुर्घटना भएपछि संस्थाले चलाउन…