नेतृत्वले फरक धारलाई सिध्याउन खोजेको गम्भीर आरोप नेकपाका नेताहरुले लगाएका छन् । जिम्मेवारी दिने बेला नेतृत्वले आफ्ना पक्षधरलाई काखी च्याप्ने चलन सच्याउनुपर्ने ती नेताले बताएका छन् । शनिबारको बैठकमा नेताहरुले प्रतिवेदनको आलोचना र बचाउ गरे । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले शनिबारको पार्टी स्थायी समिति बैठकमा असन्तुष्टि पोखे । उनीहरुले…