गुट विवादले कांग्रेस महासमिति बन्दसत्र प्रभावित

विधान मस्यौदामा सहमति नजुटेपछि कांग्रेस महासमिति बैठक प्रभावित बनेको छ। सहमति जुटाउन आइतबारदेखि नै सुरु गरिएको संवादले कुनै नतिजा दिन सकेको छैन । सोमबार बिहान पदाधिकारी बैठक बस्यो। सभापति शेरबहादुर देउवाले आफ्नो अनुपस्थितिमा उपसभापति विजय गच्छदारलाई बन्द सत्रको अध्यक्षता गरिदिन आग्रह गरे। तर महासमिति सदस्यले अस्वीकार गरे। उनीहरुले हलमा नाराबाजी समेत गरे। त्यसपछि बन्दसत्र स्थगित…