उपत्यकाभित्र करिब ३ सय जेब्राक्रस छन्, तर ट्राफिक बत्ती भने तीनवटामा मात्रै सञ्चालित छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा मात्रै ट्राफिक बत्तीले काम गर्छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार थापाथलीको जेब्राक्रस उपत्यकामा सबैभन्दा व्यस्त हुन्छ । बिहान र बेलुकाको ‘पिक आवर’मा मात्रै थापाथली जेब्राक्रसबाट दैनिक १५ हजार चार सयले बाटो काट्ने गरेको महानगरीय…