उपत्यकाका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामग्रीले भरिएका टिपर थुप्रिन्छन् । ललितपुरको चापागाउँ, काठमाडौंको कीर्तिपुर, थानकोट, बसपार्क, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ । सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन् । त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन् ।…