केरुङ–काठमाडौँ रेल

प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउन थाल्यो । २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौँ ल्याउने बताइरहेका छन् । प्रधानमन्त्रीको कुरा सुन्दा महिना होइन केही दिनभित्र चिनियाँ रेल नेपाल आइहाल्छ जस्तो लाग्छ । तर, केरुङ–काठमाडौँ रेलमार्गको अहिलेसम्म…