काठमाडौं, १३ जेठ । सरकारले एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न प्रदान गरेको छ ।गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक वितरण गरेकी हुन् । भण्डारीकी छोरी उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले पिताको ‘नेपाल रत्न’ ग्रहण गरेका थिए । यस्तै, पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त राष्ट्र गौरव…