नौ घन्टापछि उम्मेदवार अपहरणमुक्त, पत्ता लागेन अपहरणकारी

काठमाडौं, २० वैशाख । स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका ३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त भएका छन् । उनलाई बरन्जाबाट अपहरणमुक्त गरिएको हो । सोमबार साढे ११ बजेबाट भकिम्लीबाट जिल्ला सदरमुकाम बेनी आउँदै गर्दा बाटोबाटै उनी अपहरणमा परेका थिए । दिउँसो साढे २ बजे पुनले पार्टी सचिव हरिकुमार…