काठमाडौं, १८ वैशाख । राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका छन् । ‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रष्ट हुन जरुरी छ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘राप्रपा…