विपक्षी गठबन्धनले पनि संशोधन हाल्ने

काठमाडौं, १५ वैशाख । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकले संविधान संशोधनको विपक्षमा संशोधन हाल्ने निर्णय गरेको छ । संशोधन हाल्ने ७२ घन्टे समयभित्र गठबन्धनका तर्फबाट छुट्टै संशोधन हाल्ने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘आफ्नो अडान स्पष्ट पार्न हामीले संशोधन हाल्ने निष्कर्ष निकालेका छौँ,’ नेम्वाङले भने,…