काठमाडौं, ३ बैशाख । काठमाडौं – परराष्ट्र मन्त्रालयमा बार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै बर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो । महालेखा परिक्षकको कार्यालयले तयार पारेको आर्थिक बर्ष २०७२–०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ । उत्त आवको लेखा परिक्षण…