काठमाडौं, २० चैत । ललितपुरको जाउलाखेलमा शुक्रबार आयोजित एक कार्यक्रममा सूचना संकलन गर्न गएका प्रहरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले करिब तीन घन्टा नियन्त्रणमा लिएको खुलासा भएको छ । नेकपाद्वारा आयोजित पार्टीको ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रममा सूचना संकलन गर्न ललितपुर प्रहरी परिसरका दुई र अपराध महाशाखा ललितपुरका तीन गरी पाँच प्रहरी सादा पोसाकमा खटिएका थिए…