काठमाडौं, ९ चैत । पछिल्लो मधेस आन्दोलनको केन्द्र वीरगन्जमा यतिखेर मधेसकेन्द्रित दलहरू स्थानीयस्तरमा प्रभावशाली व्यक्तिलाई आफूतिर तान्न कस्सिएका छन् । संविधान संशोधनबिना मधेसमा स्थानीय तहको निर्वाचन गर्नै नदिने बताउँदै आएका उनीहरूबीच चुनाव मिति नजिकिँदै गर्दा प्रभावशाली उद्योगी, व्यापारी, गाउँका पूर्वमुखियालाई पार्टी प्रवेश गराउने ‘होडबाजी’ नै चलेको हो । आइतबार वीरगन्जभन्दा २० किमि पश्चिममा रहेको पोखरियामा…