तपाई आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नुभएको छैन ? छ भने उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ । बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा उनीहरुलाई नै काम गर्न प्रेरित गर्नुपर्छ । बालविशेषज्ञ डा. प्रज्ञा प्रधान भन्छिन्, ‘कुनै पनि काम गर्दा गल्ती भयो भने अरुको तुलना गर्नु हुँदैन, बरु उनीहरुलाई विस्तारै काम गर्न प्रेरित गर्नुपर्छ ।’ ‘हामीलाई लाग्छ, हाम्रा छोराछोरीले केही…