ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा आसपासको ७ रोपनी जमिन भूमाफियाको कब्जामा परेको छ । जग्गा व्यवसायीले खोलाको जग्गा मिचेर प्लटिङ गरेर जग्गा बिक्री वितरण गर्न थालेसँगै खोलाको बहाबक्षेत्र साँघुरिनुका साथै खेतीयोग्य जमिन टुक्राटुक्रामा खण्डीकरण भएको छ । २०२२ सालको नापी–नक्सा अनुसार खोला र खोला आसपासको सार्वजनिक जग्गा करिब ७ रोपनी रहेकामा पछिल्लो २०७० को नक्सा…