ग्रामर स्कुलको रजत महोत्सव

ग्रामर पब्लिक स्कुल कोटेश्वरकोे स्थापनाको २५ औं वर्ष अर्थात रजत महोत्सव विविध कार्यक्रमको आयोजना गरि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मनाइयो । २०५० साल फागुन ८ गते ३२ जना विद्यार्थीका साथ स्थापना भएको सो विद्यालयमा हाल स्नातक तहसम्म १ हजार २६६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले बताए । जयकुमार राई, राजकुमार राई, दिलेन्द्रकुमार…