चीनद्वारा उपल्लो मुस्ताङ्गीलाई निर्माण सामग्री

मुस्ताङ, १८ जेठ । छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई रु सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ । चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो । चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ । इलाका प्रशासन कार्यालय…