निजी विद्यालयको गुठीकरण शिक्षा विधेयकको मुद्दा

काठमाडौँ, ८ पौष । विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको चरणमा प्रवेश गर्दै गर्दा शिक्षा क्षेत्रका मूल मुद्दामाथिको बहस झनै पेचिलो बन्दै गएको छ ।  निजी विद्यालयको व्यवस्थापन गर्दै गैरनाफामूलक गुठीमा लैजाने प्रावधान, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, माध्यमिक शिक्षासम्म स्थानीय तहको एकल अधिकार र विद्यालय शिक्षकको बन्दोबस्तसम्बन्धी व्यवस्थामा एउटै दलका सांसदमा पनि…