काठमाडौँ, १ कार्तिक । काठमाडौँ महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ । …