काठमाडौँ, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले निजी लगानीमा सञ्चालित विद्यालयलाई पूर्णत: निषेध गर्न नसकिने बताएका छन् । शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले राखेका जिज्ञासाको आइतबार जवाफ दिँदै उनले निजीलाई निषेध गर्ने कुरा संविधानसम्मत नहुने बताए । उनले संविधानको उक्त व्यवस्थाअनुसार नै शिक्षा विधेयकमा निजी विद्यालयलाई गुठीमा जाने हो भने बाटो खुलाइएको…