काठमाडौँ, १५ असोज । अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरिएकाे छ । उनलाई खाेजेकाे समयमा हाजिर हुने गरी हिजाे रिहा गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था र उनी भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मामा छोड्न सक्ने कानुनी…