काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको चलचित्र ‘इलिफेन्ट्स इन द फग’ले नेपाल रिलिज लक गरेको हो । ‘इलिफेन्ट्स इन द फग’ नेपालमा भदौ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिएका छन्…