डेंगुबाट देशभरका १५३७ जना संक्रमित

डेंगुबाट देशभरका १५३७ जना संक्रमित भएका छन् । कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले जनाएको छ । महाशाखाका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नं. १ सबैभन्दा बढी संक्रमित छ । भदौ ११ गतेसम्मको तथ्यांकअनुसार यो प्रदेशको १८ जिल्लामध्ये ९ जिल्ला डेंगुबाट प्रभावित छन् र ५६३ जना संक्रमित छन्…