बझाङ, १३ कार्तिक । बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका छन् । तीमध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् । तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ…