काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन् । ती अस्पतालले १० प्रतिशतका दरले ३८५ वटा शैया विपन्न असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनेछन् । सो सेवा फागुन १ गतेदेखि सुरु भइ बिरामीले निःशुल्क उपचार गराउन समेत थालेको महानगरले जनाएको छ…