रुकुमपश्चिम, २१ पौष । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका एक लाख बढी व्यक्तिले दादुरा–रुवेला र टाइफाइडविरुद्धको ‘टिसिभी’ खोप लगाएका छन् । जिल्लामा विशेष अभियान चलाएर खोप सञ्चालन गरिएकामा एक लाख चार हजार छ सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यही पौष ५ गतेदेखि सञ्चालन भएको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान…