स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प

सोलुखुम्बु, १६ असोज । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ । अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएकाे भन्दै जाँडरक्सी खाएर गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु…