काठमाडौँमा ४ जनामा दादुरा संक्रमण पुष्टि

काठमाडौँ, २४ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको पाँच वटा नमुनामध्ये ४ वटामा दादुरा पुष्टि भएको हो । परिवार कल्याण महाशाखाका अनुसार दादुरा पुष्टि भएपछि सतर्कता अपनाइएको छ । नगरपालिकाको वडा नम्बर ९ मा पर्ने एक विद्यालयका १५ वर्षमुनिका ५४ जना बालबालिकामा दादुराको…